काठमाडौं । नेपाल साफ यु-१७ च्याम्पियनसिपबाट बाहिरिएको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा नेपाललाई ३-० गोलले पाखा लगाउँदै भारतले फाइनलमा बंगलादेशसँगको भेट पक्का गरेको हो ।
रेसकोर्स स्टेडियममा भएको खेलको पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा सोहि लयलाई निरन्तरा दिन नसक्दा नेपाल पराजित हुन पुगेको हो ।
अब भारतले फाइनल खेलमा बंगलादेशको सामना गर्नेछ । बंगलादेशले आजै भएको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानलाई २-० गोलले हराएको थियो ।