भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न सरकारको अपील

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचना पुनर्निर्माणमा सहभागी अपील गरेको छ ।

बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गरी पुनर्निर्माणमा सहयोग गर्न अपील गरेका हुन् ।

उनले यसमा सरकारी निकाय, सर्वसाधारण जनतादेखि विदेशी साझेदारसम्मलाई यो अभियानमा जोडिन आह्वान गरेका छन् । उनले यसका लागि पुनर्निर्माण कोष खडा भएको जानकारी दिए ।

उनले भने, ‘कोषमा नेपाल सरकार, प्रदेश सरकार एवम् स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान् अभियानमा सहभागी हुन नेपाल सरकार सबैमा हार्दिक आह्वान गर्दछ ।’

उनले राष्ट्र निर्माणको यस महान् अभियानमा साथ र सहयोग पाउने अपेक्षा व्यक्त गर्दै कोषमा जम्मा हुने रकम पारदर्शी रुपमा खर्च गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *