भारत एसिया कपको फाइनलमा

एजेन्सी । भारत एसीसी एसिया कपको फाइनलमा पुगेको छ । बुधबार राति भएको सुपर चारको खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो ।

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १ सय २७ रनमात्र बनाउन सक्यो । बंगलादेशको लागि सैफ हसनले सर्वाधिक ६९ र पर्विज होसाइन इमोनले २१ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

भारतको लागि कुलदीप यादवले तीन विकेट लिँदा जस्प्रित बुम्रा र वरुण चक्रवर्तीले समान दुई/दुई तथा अक्सर पटेल र तिलक वर्माले समान एक/एक विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर  पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो । भारतको लागि अभिषेक शर्माले सर्वाधिक ७५ रन बनाए । उनले ३७ बलमा ६ चौका र ५ छक्का हिर्काए । यस्तै हार्दिक पान्ड्यले ३८, शुभ्मन गिलले २९ र अक्सर पटेलले १० रन बनाए ।

बंगलादेशको लागि रसिद होसाइनले दुई तथा तान्जिम हसन सकिब, मुस्ताफिजुर रहमान र मोहम्मद सैफुदीनले समान एक/एक विकेट लिए ।

जितसँगै भारत दुई खेलबाट ४ अंक जोड्दै सुपर चारको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट दुई अंक जोडेको बंगलादेश तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *