नक्खु कारागारबाट भागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ

काठमाडौँ । शिवशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका तत्कालिन सञ्चालक सहकारी ठगीका आरोपी केदारनाथ शर्मालाई आज प्रहरीले पक्राउ गरेको छ ।

सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा भक्तपुर जिल्ला अदालतसमेतको आदेशबाट पुर्पक्षको लागि कारागार कार्यालय,नक्खुमा रहेका शर्मा जेनजी आन्दोलनका समयमा फरार भएका थिए ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले आज ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।

उनलाई आजै कारागार कार्यालय, नक्खु बुझाइएको ब्यूरोका निमित्त प्रवक्ता, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार कैदीबन्दी फरार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *