एजेन्सी । लन्डन क्लब चेल्सी र लिभरपुल इएफएल कपको चौथो चरणमा पुगेका छन् । मंगलबार राति भएको तेस्रो चरणको खेलमा चेल्सीले लिन्क्लोनलाई २-१ गोलले हराएको हो ।
एलएनइआर स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन ट्रिकी जर्ज र फाकुन्डो बोनानोट्टेले समान एक/एक गोल गरे । लिनक्लोनको लागि रोबर्ट स्ट्रिटले एक गोल फर्काए । खेलमा लिएको शूरूवाती अग्रता जोगाउन नसक्दा लिन्क्लोन पराजित हुन पुगेको हो ।
गएरातिनै भएको अर्को खेलमा १० खेलाडीमा समेटिएको लिभरपुलले साउथाम्प्टनलाई २-१ गोलले हराएको हो । लिभरपुललाई जित दिलाउन एलेक्सान्डर इसाक र हुगो एकिटिकेले समान एक/एक गोल गरे । साउथाम्प्टनको लागि शेआ चार्ल्सले एक गोल गरे ।
अन्य खेलको नतिजा
बार्नसले ०-६ ब्रिघटन
बर्नली १-२ कार्डिफ सिटी
फुल्हाम १-० क्याम्ब्रिज युनाइटेड
विगान एथ्लेटिक ०-२ वेकोम्बे वान्डेरेर्स
वोल्भ्स २-० एभर्टन
व्रेक्हाम २-० रिडिङ