ला लिगामा म्याड्रिडको विजयी यात्रा जारी

एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको छ । मंगलबार राति भएको खेलमा लेभान्टेलाई ४-१ गोलले हराउँदै म्याड्रिडले लिगमा लगातार छैटौँ जित निकालेको हो ।

इस्टाडियो भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पेले दुई गोल गर्दा फ्रान्को मास्टान्टुनो र  भिनिसियस जुनियरले एक गोल गरे । लेभान्टेको लागि इटा इयोङले एक गोल गरे । खेलको २८ औँ मिनेटमा भाल्भेर्डेको पासमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए ।

३८ औँ मिनेटमा भिनिसियसको पासमा मास्टान्टुनोले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ५४ औँ मिनेटमा इयोङले गोल गर्दै लेभान्टेलाई २-१ गोलको स्थितिमा ल्याए । ६४ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई ३-१ गोलको अग्रता दिलाए । दुई मिनेटपछी गुलेरको पासमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई ४-१ गोलको अग्रता दिलाएका थिए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड ४-१ गोलले विजयी भएको हो । जितसँगै म्याड्रिड ६ खेलबाट १८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ भने समान खेलबाट ४ अंक जोडेको लेभान्टे १६ औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *