जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या अभियोगमा एक युवक पक्राउ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रहरीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो ।

आन्दोलनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगंजमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो ।

सामाजिक सञ्जालमा आएको भिडियोको आधारमा उनलाई पक्राउ गरिएको ल्लिा प्रहरी परिसर काठमाडौंले जनाएको छ । त्यस्तै आन्दोलनमा प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको पनि धारिलो हतियार प्रहार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *