काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । सोमबार शपथपछि मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका छन् ।
पदभारपछि उनले पाँच महिनाभित्र देशका १० प्रमुख सहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
सुरुमा कर्मचारीले तयार पारेको निर्णयमा हस्ताक्षर गर्न नमानेपछि अर्को प्रस्ताव तयार गरिएको थियो । सुरुमा सचिवले छापाखानासम्बन्धी प्रस्ताव ल्याएकोमा युवा क्षेत्रलाई समेट्ने गरी कुनै प्रस्ताव ल्याउन मन्त्री खरेलले निर्देशन दिएपछि निःशुल्क इन्टरनेटसम्बन्धी प्रस्ताव तयार पारिएको थियो ।