युनिटी कप अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिन नेपाली टोली युएई जाँदै

 

काठमाडौँ ।   वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी–ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएको छ । प्रवेशाज्ञा पाएसँगै नेपाली टोली त्यसतर्फ जान लागेको हो ।

जेनजी प्रदर्शनका कारण युएईले नेपालीलाई पर्यटक भिसा र श्रम  भिसामा रोक लगाएको थियो । रोक लगाएपछि नेपाली क्रिकेट टोली युएई जान सकेको थिएन । नेपाल क्रिकेट सङघ (क्यान)को आग्रहपछि मात्र युएईले नेपाली टोलीलाई आइतबार प्रवेशाज्ञा दिएको थियो ।

क्यानका प्रवक्ता छुम्बी लामाले नेपाली टोली मङ्गलबारसम्म युएई पुगिसक्ने जानकारी दिए । नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध यही असोस ११, १३ र १४ गते युएईस्थित शारजाह क्रिकेट रङ्गशालामा खेल खेल्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *