ब्रम्हायणी मेलासँगै भक्तपुरका शक्तिपिठमा भक्तजनको घुइँचो

भक्तपुर । नवरात्राका अवसरमा आज भक्तपुरको ब्रम्हायणी शक्तिपिठमा बिहानैदेखी भक्तजनको घुइँचो लागेको छ । आजको दिन घर घरको पूजाकोठामा दुर्गा भवनीलाई आह्वान गरी जमरा राख्न ब्रम्हामायणी घाटमा स्नान गरी ब्रम्हायणी देवीको पूजाआरधना गरी जमरा राख्न पागो माटो र खोलाको जल लिन भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

आजैदेखि शक्तिपिठ बाहेक यहाँको दरबार स्क्वायरको तलेजु र क्वाठण्डौँस्थित एकान्त कुमारी देवगृहमा पनि मेला लागेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात पनि सुरु भएको छ ।

नवरातको समयमा नौ दिनसम्म क्रमशःभक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी मन्दिरमा दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *