सेनाले सहरलाई नियन्त्रणमा लिएपछि पनि किन जलिरह्यो सिंहदरबार ?

-डा. युवराज संग्रौला ।

जेनजी आन्दोलनमा केही प्रवृत्तिहरु र घटनाहरु गम्भीर रुपमा रहेका छन् । यी विषयमा गम्भीर बहस गर्नु आवश्यक छ।

१. सेनाले सहरलाई नियन्त्रणमा लिएपछि पनि सिहंदरबार जलिरह्यो, तर नगरपालिकाले त्यो आगो निभाउने काम गरेन। सिंहदरबार भित्र मन्त्रालयहरु जलाउने योजना देखियो । राज्यका सबै अंङ्गका कार्यालयहरु किन जलाइए ? यो बहसको विषय किन हुन सकेन र अहिले पनि किन हुन सकिरहेको छैन ?

२. एक हप्ता हुँदा पनि देशभरी कतिवटा सरकारी भवन, उद्योग, स्कुल कलेज, र व्यक्तिहरुका घर कति जले भन्ने प्रतिवेदन किन आएन ? राष्ट्रको यत्रो नोक्सानी हुँदापनि त्यसप्रति किन सबै उदासिन छन् ?

३. प्रदर्शनका बीचमा गोलीहरु लागेका घटनाहरु चर्चामा आएका छन् । यी चर्चा सत्य हुन वा होइनन् ? यो प्रष्ट पार्ने काम किन भैरहेको छैन?

४. नेपाल प्रहरीका ५०० भन्दा बढी कार्यालय किन जलाएका हुन् ? यसको पछाडि शान्ति सुव्यवस्था समाप्त गर्न खोजिएको होइन ? यस्तो अवस्थामा के निर्वाचन हुन सक्छ ?

५. भारतीय समाजिक संजाल र मिडियामा ‘नेपाली जनता भारतमा गभिन चाहन्छन्, नेपाल भारतको २९ प्रान्त हुन्छ, नेपालमा चीनको अधीन छ, यो आन्दोलन ‘अमेरिका र चीन बीचको युद्ध हो’ जस्ता संकथनहरु स्थापित गर्न सबै किसिममा प्रयासहरु भइरहेका छन् । यी भ्रमप्रति राज्य किन मौन छ ?

यस्ता अनेक प्रवृत्तिहरु छन् । सबै जेनजीहरुले केही कुरा बुझ्नु पर्छ । नेपालको भूराजनीति अहिलेको बहुध्रुवमा विभाजित विश्व परिस्थितिमा जटिल भएको छ। अमेरिका र चीनका बीचमा द्वन्द्व त थियो नै भारत र अमरिकाको बीचको द्वन्द्व प्रकट रुपमा अगाडि आएको छ । रसिया, चीन र भारत तथा अमेरिका बीच खुल्ला प्रतिद्वन्द्वीता बढेको छ । हामी भारत र चीनका बीचमा छौं र हाम्रो भूमि तातो भूराजनीतिको केन्द्र बनिरहेको छ। यस्तो अवस्थामा’ एकातिर जेनजीको ‘कलर रिभोलुसन’ अर्कोतिर राज्यनै ध्वस्त पार्न हिंसा गर्नेको बिध्वंस’ अर्कातिर देखिएको छ।

के जेनजीका माग पूरा गर्न त अन्तरिम सरकार आयो, राज्यमाथिको यो अत्याचार कस्को सरोकार हो ? हामीले देखिरहेका छौं, भारत यो आन्दोलन अमेरिकाको खेल हो भनि रहेको छ। के हो ? यो त आन्दोलनमा सरिक भएकाहरुलाई थाहा हुने हो ? ‘बालेन मेयर जेनजीको नेता हो ऊ अमेरिकाको मान्छे’ हो भनेर दुई दर्जन भन्दा बढी भारतीय टिभीले समाचार प्रसारण गरेका छन् । बालेनको प्रतिकृया किन नआएको हो ? देशको मूल्यमा आन्दोन हुन सक्ने खतरा छ। नेपाली समाजलाई जात र जातिका आधारमा विभाजित गर्दा नपुगेर अब उमेरका कारणमा पनि विभाजित किन गर्न खोजीएको हो ? डोनाल्ड ट्रम्प कति वर्षका छन् ? यी सबै प्रश्नको उत्तर किन नखोजिएको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *