प्रिमियर लिगमा चेल्सीमाथि युनाइटेडको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई हराएको छ । शनिबार राति भएको खेलमा युनाइटेडले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र केसेमिरोले समान एक/एक गोल गरे । चेल्सीको लागि ट्रेभोह चालोबाहले एक गोल गरे । खेलमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए । खेलको पाँचौ मिनेटमा  गोलरक्षक रोबर्ट सान्चेज रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

१४ औं मिनेटमा डोर्गुको पासमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई शुरूवाती अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा केसेमिरोले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा केसेमिरो दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि युनाइटेडपनि १० खेलाडीमा समेटिएको थियो ।

८० औँ मिनेटमा चलोबाहले गोल गर्दै चेल्सीलाई २-१ गोलको स्थितिमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड २-१ गोलले विजयी भएको हो ।

जितसँगै युनाइटेड ५ खेलबाट ७ अंक जोड्दै तालिकाको दसौं स्थानमा उक्लिएको छ भने समान खेलबाट ८ अंक जोडेको चेल्सी छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *