काठमाडौं । नेपाली महिला क्रिकेट टोलीका खेलाडीहरुले मलेसियन सुपर वुमन सिरिज खेल्ने भएका छन् । मलेसियामा आगामी सेप्टेम्बर २४ देखि ३० सम्म हुने सिरिजमा नेपाली खेलाडीले सहभागिता जनाउने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको हो ।
प्रतियोगितामा पाँच टोलीहरूको सहभागिता रहनेछ । नेपाली महिला खेलाडीहरु पाँच वटा फरक फरक टोलीमा विभाजित भएर सिरिज खेल्नेछन् ।
क्यानले यस सिरिजलाई आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीको रुपमा लिएको छ ।
नेपाली महिला टोली : इन्दु वर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्रा धामी, कविता कुँवर, रुविना क्षेत्री र सीता रानामगर ।