काठमाडौं । जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा शुक्रबार बौद्धनाथ महाचैत्य परिसरमा दीप प्रज्वलन तथा मणिमोन्लाम पाठ गरिएको हो ।
कार्यक्रममा लोव्साङ नाम्गेल रिन्पोछेसहित धर्मगुरुहरू, विभिन्न संघसंस्था, आमा समूहलगायत सहभागी भएका थिए । कार्यक्रममा रिन्पोछे लोव्साङ नाम्गेलले २४ घण्टामा नै नेपालमा ठूलो उथलपुथलको घटना घटेको र आफूलाई त्यो सपना जस्तो लागेको बताए । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।