साफ यू–१७ च्याम्पियनसिपः नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ । नेपाल साफ यू–१७ च्याम्पियनसिपमा बंगलादेशसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा बंगलादेशले नेपाललाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

यो खेलपछि अब समुह ए बाट सेमिफाइनलमा पुग्ने टुंगो आइतबार हुने बंगलादेश र श्रीलंकाबीचको खेलपछि लाग्ने भएको छ । नेपालले यसअघि खेलेको खेलमा श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको थियो ।

सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् ।

नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ । त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले अब दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *