बीमा प्राधिकरणका अध्यक्ष ओझालाई कार्यालयमा हाजिर नगराउन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई कार्यालयमा हाजिर नगर्न/नगराउन लिखित निर्देशन दिएको छ ।

अध्यक्ष ओझा प्राधिकरणमा गएर कामकाज गर्न थालेपछि पत्र काटेर उनलाई हाजिर नगर्न÷नगराउन निर्देशन दिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

अघिल्लो सरकारको भदौ २ मा ओझालाई बर्खास्त गरेको थियो । सरकारको निर्णयविरुद्ध ओझा सर्वोच्च अदालत गएका थिए । भदौ २३ मा ओझालाई अध्यक्ष पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेशको पत्रसहित ओझाले मंगलबार प्राधिकरण पुगेर हाजिर गरेका थिए ।

बुधबार सार्वजनिक बिदा थियो । बिहीबार ओझा बिहान १० बजे नै प्राधिकरण पुगेका थिए । त्यसपछि पाएपछि अर्थ मन्त्रालयले लिखित पत्र काटेरै कार्यालय नजान, हाजिर नगर्न र नगराउन प्राधिकरणलाई निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *