काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार त्रिपालमुनि इजलास बसेको छ । ‘जेनजी’को प्रदर्शनका क्रममा भदौ २४ गते तोडफोड र आगजनी गरिएपछि पहिलोपल्ट इजलास बसेको हो ।
आज बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्न दुई इजलास बसेको सर्वोच्च प्रशासनले जनाएको छ । जलाइएको नौ दिनपछि सर्वोच्च परिसरमै त्रिपालमुनि इजलास बसेको हो ।