बनस्थलीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार बिहान महानगर यातायातको बा.प्र. ०१–००६ ख ७५४३ नम्बरको बसले ठक्कर दिँदा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार मृत्यु हुनेमा संखुवासभा घर भइ बनस्थली बस्ने ६८ वर्षीय जसबहादुर मगर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *