काठमाडौं । नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबारको निर्णयअनुसार बुधबारदेखि लागू हुनेगरी ४८ एसपीको सरुवा गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी बाँके सरुवा भएका छन्। मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेबे, सप्तरीमा गौतमकुमार केसी, दाङमा दीपेन्द्र श्रेष्ठ र पाल्पामा दीपेन्द्र पंजियार थारु सरुवा भएका छन्।