काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले राष्ट्रिय वाणिज्य बैंकको ५ करोड र १८ किलो सुन लुटिएको बताएका छन् ।
सुशान्त प्रधानसँगको पोडकाष्टमा गभर्नर पौडेलले नयाँबानेश्वरस्थित वाणिज्य बैंकको शाखामा रहेको ५ करोड नगद र करिब १८ किलो सुन लुटपाट भएको बताएका हुन् ।
भदौ २४ मा जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले बानेश्वसस्थित संसद् भवनमा आक्रमण गरी लुटपाट र तोडफोड गरेका थिए ।
गभर्नर पौडेलले सार्वजनिक रूपमा मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्सन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको बताएका छन् ।