सीके राउतलाई २४ घण्टाभित्र आफ्नो पद छाड्न पार्टीका नेताहरुको अल्टिमेटम

काठमाडौं । जनमत पार्टीका नेताहरूले पार्टी अध्यक्ष डा. सीके राउतसँग राजीनामा मागेका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताले विश्वसनीयता र जनआस्थाको पुनस्र्थापना गर्न नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै राउतसँग राजीनामा मागेका हुन् ।

प्रवक्ता शरदसिंह यदव, संयोजक संजयकुमार यादव, सिके सिंह, राजाराम चौधरी र बिक्रबहादुर बमले राजीनामा मागेका हुन् ।

उनीहरुले भनेका छन्, ‘पार्टीको समय हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी निम्न हस्ताक्षरकर्ताहरू, पार्टीका जिम्मेवार पदाधिकारीहरूको हैसियतले, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सी.के. राउत) ज्यू र संगठन विभाग प्रमुख डा. जयकान्त राउतज्यूले २४ घण्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *