काठमाडौँ । बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ । आजका लागि सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँको कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर दुई हजार ५५० रुपैयाँमा किनबेच हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।