चीनद्वारा प्रविधि नवप्रवर्तनमा विश्वव्यापी सहकार्यको आह्वान

बेइजिङ । चीनको सवारी उद्योग समूहले घरेलु र विदेशी सवारी निर्माता कम्पनीहरूलाई प्रविधि नवप्रवर्तन र औद्योगिक शृङ्खलामा सहकार्य बढाउन आग्रह गरेको छ । मङ्गलबार सार्वजनिक गरिएको विज्ञप्तिमा चीन सवारी निर्माता सङ्घले विश्वभरि सवारी उद्योगको दिगो विकास र प्रविधिको प्रगतिका लागि खुला, न्यायसङ्गत र भेदभावरहित बजार आवश्यक रहेको बताएको छ ।

सङ्घले विद्युतीकरण र बुद्धिमत्ता आधारित सवारी साधन विकासमा सहकार्य गर्न जोड दिँदै, हरित, सुरक्षित र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, उद्योग समूहले सम्बन्धित निकायहरूद्वारा गरिने छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

यो कदम चीनको वाणिज्य मन्त्रालयले अमेरिकाबाट आयात हुने केहि एनालग चिपहरूको मूल्य अनुसन्धान सुरु गरेपछि आएको हो । मन्त्रालयले चीनको चिप उद्योगमाथि अमेरिकी कदमहरू विरुद्ध भेदभाव विरोधी अनुसन्धान पनि सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *