काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिले विज्ञप्ति जारी गरी टीकाको उत्तम साइत सार्वजनिक गरेको हो । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।