काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ६ जनाको शव नेपाली सेनाले सम्बन्धित जिल्लामा पुर्याइदिएको छ । मंगलबार नेपाली सेनाले हेलिकप्टरमार्फत सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लामा लगेको हो ।
सेनाले भनेको छ, ‘जेनजी युवा पुस्ताद्वारा भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ६ जना व्यक्तिहरुको शव अन्तिम संस्कारका लागि भाद्र ३१ गते नेपाली सेनाको हवाई साधनद्वारा सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरुमा लगिएको छ ।’