राजनीतिक दलका सदस्यलाई मन्त्रिपरिषदमा समावेश गर्न राष्ट्रपतिले दिएको सुझाव प्रधानमन्त्रीद्वारा अस्वीकार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीलाई मन्त्रिपरिषद् गठन गर्दा राजनीतिक दलहरूका एक एक जना सदस्य समावेश गर्न सुझाव दिएको खुलेको छ ।

बीबीसी नेपालीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलले दिएको सुझाव आफूले अस्वीकार गरेको खुलासा गरेकी हुन् ।

उनले मन्त्रिमण्डलमा राजनीतिक व्यक्ति नराखिने बताइन् । उनले अब मन्त्रिपरिषदमा समावेशी बनाइने बताइन् । उनले भनिन्, ‘राष्ट्रपतिज्यूले हामीलाई हरेक राजनीतिक दलका एकएक जना सदस्य लिएर निर्वाचनको बृहत् मन्त्रिमण्डल बनाउनुस् भन्नुभएको थियो। मैले उहाँलाई त्यस्तो राम्रो हुँदैन भनेँ ।’

उनले आफूले निर्वाचनमा नजाने र स्वतन्त्र व्यक्ति खोजेकाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाई भएको बताइन् । उनले अबको १/२ दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताइन् ।

उनले मन्त्रिपरिषद्को आकार १० देखि ११ सदस्यीय हुने र नामहरू चयन गर्दा विभिन्न क्षेत्रका विज्ञहरूबारे छलफल र गृहकार्य भइरहेको उनले जानकारी दिइन् । उनले आफू रहरले भन्दा पनि बाध्यताले यो जिम्मेवारीमा आएको भन्दै ६ महिनामा चुनाव गराएर सत्ता हस्तान्तरण गर्न चाहेको बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *