क्याथे प्यासिफिकको नेपाल उडान स्थगित

काठमाडौं । अन्तर्राष्ट्रिय विमान कम्पनी क्याथे प्यासिफिकले आन्दोलनका क्रममा भएको तोडफोड र आन्दोलनकारीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको घेराबन्दीका कारण नेपाल उडान स्थगित गरेको छ ।

यसबाट हङकङबाट काठमाडौं सीधा उडान र अष्ट्रेलियाबाट हङकङ ट्रान्जिटमार्फत आउने यात्रुहरू विशेषगरी दशैंको यात्रामा प्रभावित हुने भएका छन् । हङकङमा मुख्यालय रहेको उक्त एयरलाइन्सले पत्र पठाउँदै सेप्टेम्बर १५ देखि ३० सम्मका सबै उडान स्थगित गरिएको जानकारी गराएको हो ।

कम्पनीले नेपालमा भइरहेका राजनीतिक घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको र सेप्टेम्बर ३० पछि उडान पुनः सुरु गर्ने सम्भावना रहेको जनाएको छ । क्याथे प्यासिफिकले हाल हङकङ–काठमाडौं दैनिक एक उडान सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *