काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल( एनप्याब्सन) ले असोज १ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ ।
मंगलबार एनप्याब्सनका महासचिव प्रकाशचन्द्र खड्काले विज्ञप्ति जारी गरी सम्पूर्ण समिति सदस्य विद्यालयहरूलाई बुधबार बिदा दिने निर्णय अनुसार शोक विदा कार्यान्वयन गर्न गराउन अनुरोध गरेका हुन् ।
उनले जेनजी आन्दोलनका क्रममा विद्यार्थी, प्रहरी एवं सर्वसाधारण नागरिकले अनाहक ज्यान गुमाउनु परेको घटनाले एनप्याब्सन परिवार स्तब्ध र अन्यन्त मर्माहत बनेको उल्लेख गरेका छन् ।