भारतको सिमलामा सवारी दुर्घटना, चार नेपालीको मृत्यु

काठमाडौं । भारतको सिमला जिल्लाको कोटखाई क्षेत्रमा पिकअप गाडी खोंचमा खस्दा चार नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार घटनास्थलमै चारजनाको ज्यान गएको थियो भने अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चालक भारतको खौल गाउँका जोगिन्दर सिंहको मृत्यु भएको छ ।

त्यस्तै नेपालका राजेश विष्ट, एकेन्द्र शाही, लक्ष्मी मल्ल शाही र डिल्लीबहादुर शाहीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् ।

चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ । मुख्यमन्त्री सुखविन्दर सिंह सुग्खुले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *