काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले तत्काल पार्टी पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । सोमबार सामाजिक संजालमार्फत बास्कोटाले अरु क्षति रोक्न पार्टी पुनर्गठन गर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी,कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं । अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्त्र विना समाज । समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्छ।’