प्रधानमन्त्री कार्कीप्रति बंगलादेशका प्रमुख सल्लाहकार युनुसको शुभकामना

काठमाडौं।  बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएकामा आज एक शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

‘देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु तपाईंप्रतिको नेपाली जनताको भरोसा एवं विश्वास हो’ भन्दै प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेकी प्रधानमन्त्री कार्कीसँग निकट सम्पर्कमा रहेर काम गर्नमा आफू इच्छुक रहेको उल्लेख गर्दै प्रमुख सल्लाहकार युनुसले आपसी सम्मान र सहकार्यमा आधारित बङ्गलादेश र नेपालबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

साथै उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *