काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले आफू अन्तरिम सरकारमा नजाने बताएकी छन् । शनिबार सामाजिक संजालमार्फत श्रेष्ठले यो सरकारप्रति आफ्नो पूर्ण समर्थन भने रहने बताइन् ।
उनले यसपालीको आन्दोलनमा आफू त्यस्तो प्रदूषणको कारक नबन्ने बताइन् । उनले भनेकी छन्, ‘म अन्तरिम मन्त्रिमण्डलमा जान लागेको हैन । मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन, पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन । हरेक आन्दोलनपछि जसकोविरुद्ध आन्दोलन भएको हो त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदूषित भएको छ । यसपालिको आन्दोलनमा म त्यस्तो प्रदुषणको कारक बन्दिन, यसको उपलब्धि संस्थागत गर्न दिलो ज्यान दिएर काम गर्छु । सत्ता होइन, सेवा गर्ने ! कुर्सी होइन, कर्म गर्ने ! नाम होइन, काम गर्ने !’