अझै सशक्त रूपमा रोजगारी सिर्जना र लगानी गर्न प्रतिवद्ध छौंः शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् भन्ने शुभकामना दिएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत गोल्छाले केही व्यवसायीमाथि भएको विभत्स आक्रमणबाट आफू पनि प्रभावित भएको तर यसबाट निरास वा विचलित नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् । केही व्यवसायीमाथि भएको विभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु । अन्धकारपछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *