कारागारबाट फरार कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

प्रहरीले त्यस्ता अभियुक्त र कैदीबन्दीहरूलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाईहरू वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।

हिरासतमा रहेका र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न बाँकी कैदीहरू कारागारबाट भागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *