काठमाडौं । आगामी सरकारको नेतृत्वको विषयलाई लिएर सैनिक मुख्यालय अगाडि जेनजी समूहका युवाबीच झपड भएको छ । जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सैनिक मुख्यालय अगाडि भेला भएका थिए । उनीहरुबीच नेतृत्वको विषयमा विवाद भएपछि झडप भएको हो ।
कसैले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कसैले बालेन साह, कसैले कुलमान घिसिङ, अनि कसैले हर्क साम्पाङको नाम अघि सारेका छन् । उनीहरुबीच मतैक्यता हुन सकेको छैन ।