संविधानको मर्म अनुरूप सार्थक संवाद सुरु गर्न राष्ट्रपतिलाई एमालेको आग्रह

काठमाडौँ । नेकपा एमालेले अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने बताएको छ । बिहीबार महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने बताएका हुन् ।

उनले विज्ञप्तिमा नेतृत्वदायी भूमिका लिन राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण गराएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘संविधानका मर्म अनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *