संविधानको निरन्तरतामा ख्याल गर्न जेनजीलाई गगन थापाको आग्रह (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री थापाले गगन थापाले जेनजीलाई अहिलेकै संविधानलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

बिहीबार भिडियो सन्देश जारी गरी महामन्त्री थापाले संविधानको निरन्तरतामा ख्याल गर्न जेनजीलाई आग्रह गरेका हुन् । उनले भने, ‘स्थित थप बिग्रन दिन हुँदैन । सम्हालेर लिएर जानुपर्छ । संयमित भएर सोचिदिनुहोला ।’ उनले संविधान बाहिरबाट समाधान खोजिए स्थिति भयावह हुने चेतावनी दिए ।

उनले जेनजीले भनेअनुसार २०४६ पछिका नेताको सम्पत्ति छानबिनका लागि शक्तिशाली उच्चस्तरीय आयोग गठन हुनुपर्ने बताए । उनले सबै नेतालाई एउटै डालोमा हालेर नहेर्न पनि आग्रह गरे ।

उनले आफूहरुले सरकारलाई युवाका मुद्दा सम्बोधन गर्न, सुशासन कायम गर्न हर प्रयास गरेपनि आफूहरुको कुराको सुनुवाइ नहुँदा अहिलेको अवस्था आएको बताए ।

उनले आफूहरूबाट भएका गल्ती, कमजोरीप्रति माफी मागेका छन् ।  उनले भनेका छन्,‘बीचमा हामीबाट जे गल्ती, कमजोरी भएका छन्, त्यसका लागि माफी माग्छु । सुध्रने वाचा गर्छु । सच्याउँछौँ । म तपाईंहरूको फ्रस्टेसन बुझ्छु । मेरो ठाउँबाट जति गर्नुपथ्र्यो, त्यो गर्न नसेकोमा सबैभन्दा पहिले माफी माग्छु । हामीले कुलमान घिसिङलाई नहटाउन आग्रह गर्यौं, तर हटाइयो, सामाजिक संजाल बन्द नगर्न आग्रह गर्यौं, तर सुनुवाइ भएन । भ्रष्टाचारमा जोडिएका जुन दलका नेता भएपनि नछाडौ भन्यौं, हाम्रो कुरा सुनुवाइ नै भएन । हाम्रो इफोर्ट नै पुगेन । म त संसदीय दलको नेता परिवर्तनमै लाग्यौं संख्या नपुगेर रोकिएका हौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *