बिहीबार बिहान ६ बजेसम्म देशभर कर्फ्यू जारी रहने

काठमाडौं । नेपाली सेनाले अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासहरुमा सहकार्यका लागि सबैमा अनुरोध गरेको छ ।

बुधबार बिहान विज्ञप्ति जारी गरी सेनाले आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेकाले त्यसको नियन्त्रणमा सहयोग पुर्याउन आग्रह गरेको हो।

सेनाले देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज बेलुकी ५ बजे सम्म देशभर निरन्तर रहने र तत्पश्चात् बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू  आदेश जारी रहने एवम् परिस्थितिको विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण गरिने जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *