नेपाली भएकोमा यति लाज महसुस मैले कहिले गरेको थिइनँः राजेश हमाल

काठमाडौं । महानायक राजेश हमालले आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पीडादायी दिन बनेको बताएका छन् । जेनजी पुस्तामाथि सरकारको बर्बर दमनप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

उनले हामीले एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविस्य मात्र दिन असफल भएका छैनौ, उनीहरुको वर्तमानसमेत खोसिरहेको उल्लेख गरेका छन् ।

उनले भनेका तन्, ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविस्य मात्र दिन असफल भएका छैनौ, उनीहरुको वर्तमानसमेत खोसिरहेका छौैं । म विदेश यात्रा गर्दैछु । नेपाली भएकोमा यति लाज महसुस मैले कहिले गरेको थिइनँ । आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पीडादायी दिन बनेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *