काठमाडौं । नेपाल र बंगलादेशबीच मंगलबार हुने भनिएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल रद्द भएको छ । वर्तमान परिस्थतिलाई मध्यनजर गर्दै अखिल नेपाल फूटबल संघ(एन्फा)ले भोलि मंगलबार हुने भनिएको खेल रद्द गरेको हो ।
काठमाडौंसहित देशैभर जेएनजीको प्रदर्शनले उग्ररुप लिएपछि खेल स्थगित भएको हो । शनिबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो