इजरायली आक्रमणबाट गाजाको दोस्रो अग्लो भवन ध्वस्त

बीबीसी । इजरायली सेनाले गाजा सिटीमा रहेको अर्को अग्लो भवन ध्वस्त बनाएको छ । पछिल्ला दुई दिनमै यो दोस्रो ठूलो टावर नष्ट गरिएको हो । रक्षा मन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमा टावर भत्किँदै गरेको भिडियो सार्वजनिक गर्दै ‘हामी निरन्तर अघि बढिरहेका छौँ’ भनेका छन् ।

इजरायली डिफेन्स फोर्सेसका अनुसार सोसुसी टावर हमासले प्रयोग गरिरहेको थियो । तर, हमासले यस दाबीलाई अस्वीकार गरेको छ । घटनामा हताहती भएको वा नभएको तत्काल प्रष्ट भएको छैन । आक्रमणअघि इजरायलले पर्चा वितरण गरी त्यहाँका वासिन्दालाई दक्षिणतर्फ रहेको मानवीय क्षेत्रतर्फ सर्न आग्रह गरेको थियो ।

यसअघि शुक्रबार गाजाको अल–रिमाल क्षेत्रमा रहेको मुस्ताहा टावर शक्तिशाली विस्फोटपछि ढलेको सामाजिक सञ्जालमा देखिएको थियो । पछिल्लो महिनाभर गाजाको धेरै बस्ती इजरायली आक्रमणमा पर्दै आएको छ । गाजाका आवासीय र व्यावसायिक अग्ला भवनहरूलाई शहरको ऐतिहासिक विकाससँग जोडिएको मानिन्छ ।

सन् १९९३ को ओस्लो सम्झौतापछि निर्वासनमा रहेका हजारौँ पेलिष्टिनीहरू फर्किएसँगै गाजामा बहुतले भवन निर्माण सुरु भएको थियो । सन् १९९४ मा इजरायलले गाजाको अधिकांश भाग छाडेपछि फर्केका जनसंख्यालाई बसाउन उच्च तल्ला भवन आवश्यक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *