काठमाडौँ । सेन्ट मेरिज माध्यमिक विद्यालय जावलाखेलको ७०औँ वार्षिकोत्सव मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विद्यालयले ७० औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा राष्ट्रपति पौडेलले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताए ।
उनले भने, ‘विद्याले विनयशील नागरिक जन्माउँछ, अनि सक्षम देशभक्त तयार हुनुपर्छ, हामीले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ ।’
राष्ट्रपति पौडेलले निश्चय नै शिक्षा अन्तस्करणको चेतना जागृत गर्ने माध्यम मात्र नभएर सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणको अचुक अस्त्र पनि हो र यसले आलोचनात्मक चेतको विकास गर्ने बताए । कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा पनि सहभागी भएकी थिइन् । त्यसैगरी कार्यक्रममा सयौं अभिभावहरु पनि उपस्थित भएका थिए ।
वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न देश तथा भाषाका गीत तथा नृत्यु प्रस्तुत गरेका थिए । त्यस्तै विद्यालयको स्थापनादेखि हालसम्मको गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
भिडियोमा हेर्नुस् नृत्य