नेपाल र बंगलादेशको बराबरी

काठमाडौं । नेपाल र बंगलादेशबीच भएको पहिलो मैत्रीपूर्ण फूटबल खेल बराबरीमा सकिएको छ । शनिबार बेलुकी भएको खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो ।

अब दुई टोलीबीचको दोस्रो खेल भदौ २४ गते हुनेछ । उक्त खेलपनि बराबरीमा सकिएको खण्डमा दुई खेलको मैत्रीपूर्ण खेलको विजेताको टुंगो पेनाल्टी सुटआउटबाट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *