रामेछाप । रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ। शनिबार यहाँ आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बालमैत्री शासनयुक्त नगर घोषणा गरेका हुन्।
बालबालिकाको विकास, सहभागिता, संरक्षण, संस्थागत विकासका ५१ वटा सूचक पार गरिएकाले बाल श्रम, बाल विवाहमुक्त स्थानीय शासनयुक्त नगर घोषणा गरिएको त्यस अवसरमा जानकारी दिइयो।
नगरमा रहेका सात हजार ८८ घर तथा ३६ हजार छ सय २१ जनसङ्ख्या रहेका छन्। त्यसमा १७ हजार चार सय ९३ महिला र १९ हजार एक सय २८ पुरुष रहेका छन्। त्यसमध्ये १८ वर्षमुनिका १० हजार दुई सय ४१ जना बालबालिका सबै समस्याबाट मुक्त रहेकाले यस्तो घोषणा गरिएको नगरप्रमुख लवश्री न्यौपानेले जानकारी दिए।
उनका अनुसार समुदायस्तरमा ८३ र विद्यायस्तरमा ३० गरी कुल ११३ तथा वडास्तरमा नौ र नगरस्तरमा एक गरी १० वटा बाल सञ्जालमा गरी दुई हजार ४२ जना बालबालिका आबद्ध छन्। यस्तै, वडा तथा नगरस्तरमा गठन भएका विभिन्न समिति तथा संरचनामा १७० बालबालिकाको सार्थक सहभागिता रहेको छ।
बागमती प्रदेशका बालमैत्री स्थानीय शासनयुक्त नगरमध्ये यो औं स्थानमा परेको छ।