फेसबुक बन्द गर्दा तनाव हुँदोरैछः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक संजाल बन्द हुँदाको अनुभव शेयर गरेका छन् । फेसबुकमार्फत मेयर साहले यसले तनाव बढ्ने बताए ।

उनले यसरी सामाजिक संजाल बन्द हुँदा हामी जस्तो भाषण दिनेलाई गाह्रो हुने बताए । उनले भने, ‘फेसबुक बन्द गरेरनि तनाव हुँदोरैछ, अब अरुले काम गरेको मात्र देख्ने भए, बोलेको नसुन्ने भए !! गाह्रो छ हामी जस्तो भासन दिनेहरुलाई !’

सरकारले बिहीबारदेखि नेपालमा सूचीकृत नभएका २६ वटा सामाजिक संजाल बन्द गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *