आडिस आबाबा । अफ्रिकामा फैलिरहेको ‘एमपक्स’ का (मन्कीपक्स)को महामारीले सन् २०२४ को सुरुबाट हालसम्म झन्डै दुई हजार जनाको ज्यान लिइसकेको छ । यद्यपि पछिल्लो केही सातादेखि सङ्क्रमणको सङ्ख्यामा उत्साहजनक कमी देखिएको छ भनी अफ्रिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (अफ्रिका सिडिसी)ले जनाएको छ ।
बिहीबार साँझ आयोजित अनलाइन पत्रकार सम्मेलनमा अफ्रिका सिडिसीका एमपक्स घटनाका सह–प्रबन्धक याप बाउम द्वितीयले सन् २०२४ को सुरुयता २९ अफ्रिकी मुलुकहरूबाट एक लाख ८५ हजार ९ सय ९४ एमपोक्स सङ्क्रमणको घटना दर्ता भएको बताए। तीमध्ये ५१ हजार ९ सय ६९ सङ्क्रमण पुष्टि भएका छन् भने एक हजार हजार ९ सय ८७ जनाको मृत्यु भएको छ ।
अफ्रिकी सङ्घको स्वास्थ्यसम्बन्धी विशेष निकायका अनुसार सन् २०२५ मा अहिलेसम्म एक लाख लाख ५ हजार ६ सय ९७ एमपोक्स सङ्क्रमणका घटना दर्ता भइसकेका छन्, जुन सङ्ख्या सन् २०२४ को कुल सङ्ख्या ८० हजार २ सय ९७ भन्दा धेरै हो ।
तर, क्षेत्रीय तहमा भइरहेको सुधारात्मक प्रयासका कारण पछिल्लो समय एमपक्सका पुष्टि भएका तथा आशंकित दुबै प्रकारका घटनामा क्रमिक रूपमा गिरावट आएको छ । विशेषतः सन् २०२५ को मे महिनामा देखिएको उच्च स्तरको सङ्क्रमणको तुलनामा अहिले उल्लेखनीय कमी आएको बताइएको छ ।
अफ्रिका सिडिसीको तथ्याङ्क अनुसार, साप्ताहिक रूपमा पुष्टि हुने सङ्क्रमणको औसत सङ्ख्या ५२ प्रतिशतले घटेको छ । मे महिनामा साप्ताहिक औसत एक हजार ४४१ थियो भने पछिल्ला पाँच सातामा त्यो घटेर ६९५ मा झरेको छ ।
परीक्षणको पहुँचसम्बन्धी विवरण पनि सकारात्मक देखिएको छ । पछिल्लो ६ सातामा आशंकित घटनाहरूमा गरिएको परीक्षणको दर ३० प्रतिशतबाट बढेर ६६ प्रतिशत पुगेको छ ।सन् १९५८ मा प्रयोगशालामा रहेका बाँदरहरूमा पहिलोपटक देखिएको एमपक्स एक दुर्लभ भाइरसजन्य रोग हो । यसले प्रायः ज्वरो, ¥यास ९छाला रोग० र ग्रन्थी सुन्निने लक्षण देखाउने गर्दछ ।
अफ्रिका सिडिसीले गत वर्ष अगस्टमा यस रोगलाई सम्पूर्ण महादेशको सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि आपतकालीन अवस्था घोषणा गरेको थियो । त्यसको केही समयपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा वर्गीकृत गरेको थियो ।