काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलले सामाजिक संजालमा प्रतिबन्ध लगाउनु खोज्नु राज्यको निरंकुश प्रवृत्ति भएको बताएका छन् । उनले सरकारले यसलाई सच्याउनुपर्ने बताएका छन् ।
उनले भने, ‘सामाजिक सञ्जाल जस्तो आमनागरिकसँग सरोकार राख्ने विषयमा सर्वपक्षीय विमर्श नगरी प्रतिबन्ध लगाउन खोज्नु राज्यको निरङ्कुस प्रवृत्ति हो । सरकारले सच्याउन आवश्यक छ।’