गण्डकीमा खेलकुद व्यवस्थापन स्नातक कार्यक्रमबारे छलफल

पोखरा । मुलुकमा पहिलोपटक खेलकुद व्यवस्थापनमा स्नातक कार्यक्रम (बिएसएम) सञ्चालन गरेको गण्डकी विश्वविद्यालयका पदाधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबीच कार्यक्रमको प्रभावकारिताबारे छलफल भएको छ।

बिहीबार मन्त्री चौधरीको कार्यकक्षमा भएको छलफलबारे आज जानकारी दिँदै बिएसएम कार्यक्रमका संयोजक मधुसुदन सुवेदीले विश्वविद्यालय र मन्त्रालयबीचको सहकार्य, मन्त्रालयले निर्वाह गर्नुपर्ने भूमिका, कार्यक्रमको व्यवस्थापन, राष्ट्रिय खेल संस्थाहरूसँगको साझेदारी, खेलकुद क्षेत्रको समग्र विकास एवं त्यसमा शैक्षिक सम्मिश्रणलगायत विषयमा विमर्श भएको थियो।

त्यस अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, विश्वविद्यालयका उपकुलपति प्राध्यापक नवराज देवकोटालगायत उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *