अष्ट्रेलियाका क्रिस लिनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौं । अष्ट्रेलियाका चर्चित ब्याट्सम्यान क्रिस लिनले सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग खेल्ने भएका छन् ।  सुदूरपश्चिमले शुक्रबार सामाजिक सञ्जालमार्फत लिन टोलीमा अनुबन्ध भएको जानकारी दिएको हो ।

सुदूरपश्चिमले लिनलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । लिनले विश्वको चर्चित फ्रेन्चाइज लिगहरु खेलिसकेका छन् । उनले इन्डियन प्रिमियर लिग, बिग बास, मेन्स १००, केरेबियन प्रिमियर लिग, लंका प्रिमियर लिगसहित अन्य लिगहरु खेलिसकेका छन् ।

३५ वर्षीय लिगले सन् १०१४ देखी २०१८ सम्म अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट १८ टी-२० आई खेलेका थिए । त्यसक्रममा उनले २ सय ९१ रन बनाएका थिए । हालसम्म २ सय ९३ टी-२० खेलेका उनले ५५ अर्धसतक र ५ सतकसहित ८ हजार तीन सय ५५ रन बनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *