कङ्गोमा इबोलाको नयाँ प्रकोप, १५ जनाको मृत्यु

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको नयाँ प्रकोपको घोषणा गरेका छन् । इबोलाले अगस्टको अन्त्यदेखि अहिलेसम्म १५ जनाको ज्यान लिइसकेको कङ्गोका स्वास्थ्य मन्त्रीले बताए ।

राजधानी किन्शासामा पत्रकारहरुसँग कुरा गर्दै स्यामुअल रोजर काम्बाले मध्य कसाई प्रान्तमा नयाँ प्रकोप देखिएको बताए ।
मध्य अफ्रिकी देशमा इबोलाको अन्तिम प्रकोप तीन वर्षअघि फैलिएको थियो जसमा छ जनाको मृत्यु भएको थियो ।
अपुस्ट तथ्याङ्कअनुसार किन्शासामा इबोला सङ्क्रमित २८ जना बिरामी भेटिएका छन्, जसमध्ये पहिलो सङ्क्रमण अगस्ट २० मा अस्पतालमा भर्ना भएकी ३४ वर्षीया गर्भवती महिलामा देखिएको थियो ।

काम्बाले भने, “यो हाम्रो देशमा रेकर्ड गरिएको १६ औं प्रकोप हो।” पहिलो पटक सन् १९७६ मा पहिचान भएको र चमेरोबाट आएको ठानिएको इबोला एक घातक भाइरल रोग हो जुन शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ, जसले गर्दा अत्यधिक रक्तस्राव हुन्छ र अङ्गहरू बिग्रन्छन्।

सन् २०१८ देखि २०२० को बीचमा १० करोडभन्दा बढी जनसङ्ख्या रहेको कङ्गोमा सबैभन्दा घातक प्रकोपका कारण करिब दुई हजार ३०० जनाको मृत्यु भएको थियो । इबोलाका छ प्रजाति छन् ।

स्वास्थ्य अधिकारीहरूले नयाँ प्रकोप खोप उपलब्ध भएको जाइरे स्ट्रेनको नयाँ प्रकोप भएको बताएका छन्। काम्बाले भने, “भाग्यवस हामीसँग जायर स्ट्रेनको भ्याक्सिन छ तर यसलाई प्रयोग गर्न हामीले लजिस्टिक सुनिश्चित गर्न आवश्यक छ।”
फ्रान्सको आकारभन्दा चार गुणा ठूलो कङ्गोमा प्रायः सीमित र खराब सञ्चार च्यानलसहित कमजोर पूर्वाधार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *